होमपेज > सामान्य अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

सामान्य अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। परिसूचक ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको थियो।

बिज्ञापन

नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२५ स्क्रिप्सको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ९ अर्ब माथिको शेयर किनबेच भएको थियो। आज कुनै पनि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा पञ्चकन्या माइ हाइड्रोपावरको ९.४२ प्रतिशतले बढ्यो।

बिज्ञापन

गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको शेयर १० प्रतिशतले घट्यो। राधी विद्युत ५२ करोड १८ लाख मूल्य बराबरको शेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी नगदी ग्रुपले ३३ करोडको शेयर कारोबार गर्दा सानिमा माइ हाइड्रोपावरले २८ करोड र हिमालयन पावरले २६ करोड मूल्य बराबरको शेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १२३ स्टक्सको मूल्य बढ्दा १२४ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा बाँकीको घट्यो। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.२० प्रतिशतले बढ्दा बैंकिङ,फाइनान्स,होटल्स एण्ड टुरिजम,हाइड्रोपावर, इन्भेस्टमेन्ट,माइक्रो फाइनान्सको शेयर ०.९० प्रतिशतसम्म बढ्यो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते