प्रभु इन्स्योन्सले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।
बिज्ञापन
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्रधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउनेछन्।
बिज्ञापन
गत वर्ष भने कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो।







