नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ। सोमबार सुन एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।








