होमपेज > अभियान लघुवित्तको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

अभियान लघुवित्तको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आवमा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २ करोड ४४ लाख रुपैयाँ खुद घाटा रहेको रहेको थियो ।

बिज्ञापन

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ७ करोड ६६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको सोही अवधिसम्म १८ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ८ करोड ९७ लाख रुपैयाँबाट बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कम्पनी २ करोड ९२ लाख सञ्चालन घाटामा रहेकोमा गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

बिज्ञापन

यससँगै अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९.७९ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष २६.४२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.९८ रुपैयाँ रहेको छ। चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा (लाभांश क्षमता) ७ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ४ करोड रुपैयाँ ऋणात्मकमा झरेको छ।

अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा ९एनपीएल० पनि गत वर्ष घटेर ४ प्रतिशतमा झरेको छ। कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते