काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन् ।
बिज्ञापन
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन् ।
बिज्ञापन
सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।








