लगातारको पाँच दिनको गिरावटपछि शेयर बजारमा सामान्य सुधार आएको छ ।
बिज्ञापन
लगातार पाँच कारोबार दिन घटेपछि मंगलबार भने शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२६ अंकले बढेर २६१४.६७ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से ९.९८ अंक र आइतबार ३.४४ अंकले घटेको थियो । यस्तै, गत साताको सोमबार नेप्से १४.५३ अंक, मंगलबार १५.०८ अंक र बुधबार ८.१४ अंकले घटेको थियो ।
बिज्ञापन
आज नेप्सेमा कुल ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।
नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
बिज्ञापन
मंगलबार जलविद्युत् समूहको शेयर मूल्यमा १.५४ प्रतिशत र व्यापार समूहको शेयर मूल्यमा २.०७ प्रतिशतको सुधार आउँदा फाइनान्स समूहमा १.१० प्रतिशतको गिरावट आएको छ ।








