होमपेज > घट्यो चिनी र तेलको मूल्य

घट्यो चिनी र तेलको मूल्य

बिज्ञापन
बिज्ञापन

पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ । नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी मा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको पाइएको छ । यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड द्वारा सञ्चालित सुपथ मूल्यका पसलहरूबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरू उपलब्ध भइरहेका छन् । चाडपर्वको समयमा उपभोग्य बस्तुहरूको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरूमा उपभोग्य सामग्री उपलब्ध रहेको छ ।

बिज्ञापन

अहिले मन्त्री भण्डारीको निर्देशनमा तीव्र रूपमा बजार अनुगमन भइरहेको छ । ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी १सय रुपियाँमा बिक्री गरेको पाइएपछि काठमाडौँ स्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी ३ लाख रुपैयाँ जरिवाना असुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एम.आर.पी. भन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ । मन्त्री भण्डारीले १०० दिनका लागि तयार गरेको कार्ययोजनामा ४ हजार ३०० बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पुर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरू उल्लेख गरेका छन् ।

नियमित रूपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रेका सामानहरू विक्री वितरणमा कमी आएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटेलमा गुणस्तरहीन खानेकुरा विक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढङ्गले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमितता रोक्नुपर्ने बताएका थिए । सोही अनुरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन निगितग सुधार गर्दै आएका हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते