होमपेज > नेपाली कांग्रेस नेता तथा पूर्वसांसद आलमको स्वास्थमा क्रमिक सुधार

नेपाली कांग्रेस नेता तथा पूर्वसांसद आलमको स्वास्थमा क्रमिक सुधार

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएको छ । उनको काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन

बिज्ञापन

अन्नपूर्ण न्यूरो अस्पतालले आलमको अहिले स्वास्थ सुधारन्मुख रहेको जानकारी दिएको हो । अस्पतालले शनिबार बिहान पछिल्लो अपडेट दिदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन् । लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्कघात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ ।

बिज्ञापन

यसअघि जेष्ठ १६ का दिन बिहान करिब ७:०० बजे अस्पताल प्रशासनले पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको शारीरिक रगत तथा एमआरआइ जाँच पश्चात उनलाई मस्तिष्कघात भएकाले तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पताल आएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेको छ ।
राजपुर बमकाण्डको अभियोगमा आलम ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहा भएका हुन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते