होमपेज > ई–सेवाको ‘विना ट्रबल पैसा डबल’ अफर सार्वजनिक

ई–सेवाको ‘विना ट्रबल पैसा डबल’ अफर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा लिमिटेडले ‘विना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ।

बिज्ञापन

विशेष योजना अन्तर्गत अफर अवधिभर ई–सेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले ५ हजार रुपैयाँसम्मको डबल क्यासब्याक जित्न सक्ने मौका रहेको ई–सेवाले जनाएको छ। कम्पनीका अनुसार अफर समाप्तिसँगै थप २ जना भाग्यमानी प्रयोगकर्ताहरूलाई बम्पर पुरस्कार स्वरूप १ लाख रुपैयाँ जित्ने अवसर छ।

बिज्ञापन

image

जेठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा ई–सेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्बरमध्ये जुनसुकै माध्यमबाट पनि बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन्। हरेक दिन छनौट गरिने २ जना भाग्यशाली डबल क्यासब्याक विजेतामध्ये १ जना विजेता नयाँ प्रयोगकर्ताहरुबाट छनोट गरिनेछ।

बिज्ञापन

ई–सेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ। हाल ई–सेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध छन्। यी साझेदारीहरूले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरू सँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते