होमपेज > बाढीले कोशीका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (हेर्नुहोस् सूचना)

बाढीले कोशीका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध भएका छन्। मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको हो ।

बिज्ञापन

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड यतिबेला अवरुद्ध बनेका छन् । इलामको माई नगरपालिका-७ मा महमाई-इलाम-लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । अहिले त्यहाँ बाटो एकतर्फी सञ्चालनमा रहेको छ ।

बिज्ञापन

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । सोही गाउँपालिकामा लेउदी खोलाले १०० मिटर कटान गर्दा कोशी लोकमार्ग अवरुद्ध भएको छ ।

साँगुरीगढी गाउँपालिका-५ डाँडाँबजार , लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ । यसले रवी-राँके सडक अवरुद्ध बनेको प्रहरीको भनाई छ । धनकुटाकै चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।

बिज्ञापन

उता सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा-बराह क्षेत्र सडक अवरुद्ध ५ । यस्तै उदयपुरमा बेलका नगरपालिका-८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झरेको छ । यसले मैनामैनी-चुहार-भोजपुर सडक अवरुद्ध छ ।

502686057_1129796715847492_3633868102082736314_n

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते