एनआइसी एसिया बैकको शाखा कार्यालय मुगुमा तोडफोड भएको छ। बैंकको मुल ढोका फोडेर गयराति ९ः२१ बजे एकजना व्यक्ति बैंक भित्र गएको बैंकको सिसी क्यामारामा देखिएको छ ।
बिज्ञापन
उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ।
बिज्ञापन
ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षेति नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भइरहेको छ।








