नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद्ले देशभरका युवा व्यवसायीहरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ ।
बिज्ञापन
गठन भएको सञ्जालको अध्यक्षमा सुशील पराजुली सर्वसम्मत चयन भएका छन् । सञ्जालको उद्देश्य युवा उद्यमशीलता प्रवद्र्धन गर्नु, नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबीच सहकार्यको वातावरण तयार गर्नु रहेको छ ।
बिज्ञापन
पराजुली विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न व्यवसायी हुन् । साथै, उनले भिडियो निर्माण कम्पनीको स्थापना गरेका छन् र डिजिटल मार्केटिङ अभियानमार्फत युवाको स्वरलाई प्रवद्र्धन गर्दै आएका छन् ।
अध्यक्षमा चयनपछि पराजुलीले युवाको व्यावसायिक संघर्षलाई संस्थागत आवाज दिने र देशभित्रै अवसर सिर्जना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो राष्ट्र निर्माणको एउटा बलियो खम्बा हो। अब समय आएको छ, हामी युवाले नीति बनाउने तहमा पुगौं ।’
बिज्ञापन








