होमपेज > राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको ९२ वर्षको उमेरमा निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको ९२ वर्षको उमेरमा निधन

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ।

बिज्ञापन

९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए। ‘उहाँको आज दिउँसो निधन भएको हो,’ उनले भने, ‘उहाँका सन्तान छैनन्। बहिनी र ज्वाइँका परिवार घरमै ल्याएर राख्नु भएको थियो। बहिनीको छोराको पनि निधन भइसकेकोले नातिले काजकिरिया गर्नुहुन्छ।’

बिज्ञापन

दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यतिबेला काठमाडौंबाट २ जना मात्रै राष्ट्रिय पञ्चायतमा निर्वाचित हुने व्यवस्था थियो। बढी मत ल्याउने दुई जना निर्वाचित हुन्थे। २०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएका थिए। दाहालले ६५ हजार सात सय ७० मत ल्याएकी थिइन्।

२०४३ सालमा दाहाल र श्रेष्ठ दुवै पराजित भएका थिए। जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए। दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते