होमपेज > संसारकै सबैभन्दा महंगो विवाह,कति भयो खर्च?

संसारकै सबैभन्दा महंगो विवाह,कति भयो खर्च?

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

भारतीय उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह अहिले निकै चर्चामा छ । छ महिना अघि देखि सुरु भएको विवाह कार्यक्रम शुक्रबार बल्ल सकिएको छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा देशदुनियाँबाट ठूला ठूला सेलिब्रेटी सामेल भएका छन् । उनीहरुले विवाहमा पानी जसरी पैसा बगाएका छन् ।

बिज्ञापन

जहाँ बलिउडका कलाकारदेखि लिएर मार्क जुकरबर्ग, बिल गेट्स, रिहाना, जस्टिन बीबर सहित देशविदेशबाट थुप्रै अति विशिष्ट पाहुना समावेश भएका छन्। मुकेश अम्बानीको घरमा भएको यस विवाहमा पाहुनाको सुरक्षाका लागि एनएसजी कमान्डो, अन्तर्राष्ट्रिय सिक्योरिटी गार्ड्स, ट्राफिक पुलिस सहित विभिन्न सुरक्षाकर्मी तैनाथ थिए ।

बिज्ञापन

अनन्त र राधिकाको यस विवाहमा २५०० खानाका परिकारको व्यवस्था थियो । यहाँसम्म कि विवाहमा सम्मिलित भएका पाहुनाका लागि रिटर्न गिफ्टको व्यवस्था समेत थियो । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहका लागि बनाइएको कार्डको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अम्बानीको तर्फबाट निमन्त्रणा स्वरुप बनाइएको यस कार्डको मूल्य समेत ६ देखि ७ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ ।

अम्बानीले आफ्ना छोराको बिहेमा ५ हजार करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ । यो रकम अमेरिकामा हरेक वर्ष आयोजना हुने १० वटा ओस्कर समारोहको कुल खर्च बराबर हुन आउँछ । तैपनि यो खर्च अम्बानी परिवारको कुल सम्पत्तिको केबल शून्य दशमलब ५ प्रतिशत हो ।

सुन्दा धेरै सुनिएपनि अम्बानी परिवारले अनन्तको बिहेमा औसत भारतीय परिवारभन्दा कम खर्च गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । औसतमा भारतीय परिवारले बिहेका लागि ५ देखि १५ प्रतिशत खर्च गर्दै आएका छन् ।

अनन्त र राधिकाको विवाहको प्रिवेडिंगमा गीत गाउन आएकी हलिउड गायिका रिहानाले ७४ करोड भारतीय रुपैयाँ लिएको बताइएको थियो । अहिले विवाह अघिको संगीतमा गीत गाउन बोलाइएका हलिउड गायक जस्टिन बीबरले ८४ करोड लिएको रिपोर्टमा खबर छ । हरेक दिनका कार्यक्रममा करोडौं खर्च भएको थियो । विवाहको खर्च हजारौं करोडमा निस्कने अनुमान गर्न सकिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते