नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बिज्ञापन
कम्पनीको सोमबार वीरगन्जमा सम्पन्न २५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट उक्त बोनस शेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ को १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशका रूपमा वितरण गर्ने निर्णय गरेको हो।
बिज्ञापन
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८०र८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृतसमेत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।







