होमपेज > अपाङ्गता भएकाहरुको सशक्तिकरणका लागि अन्तरक्रिया

अपाङ्गता भएकाहरुको सशक्तिकरणका लागि अन्तरक्रिया

बिज्ञापन
बिज्ञापन

पहिचान नेपालको आयोजना र राष्ट्रिय युवा परिषदको समन्वय तथा अपाङ्गता अधिकार वकालत कोषको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अपाङ्गता भएका युवाभित्रको विविधताबारे विस्तृत छलफल गरिएको थियो । अल्पसंख्यक भाषिक विविधतालाई कसरी सरल र सहज गर्ने भन्ने बारेमा छलफल तथा उनीहरुका समस्या समाधान गर्ने उपायहरुबारे कार्यक्रममा चर्चा भएको हो।

बिज्ञापन

अपाङ्गता भएका युवाहरुको आवाजलाई सशक्तिकरण गर्ने उद्देश्यले यही जेष्ठ ९ गते सम्पन्न अपाङ्गता भएका युवाहरुको सम्वाद तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पहिचान नेपालकी निर्देशक इच्छा केसी महतोले गरेकी थिइन । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा आयोजित उक्त कार्यक्रमकी अध्यक्ष तथा १५ वर्षसम्म विभिन्न सामाजिक संघसंस्थामा काम गरिसकेकी केसीले अझै पनि अपाङ्गता भएका व्यतिहरुमाथि अरुले विश्वास नगर्ने समस्या नै प्रमुख रहेको बताइन । अहिलेको परिवेशमा पनि राज्यका निकाय र स्थानियतहहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि नयाँ काम गर्नका लागि स्थानिय तहहरूमा प्रपोजल लिएर जाँदा पनि सहयोग नगरेको उनले सुनाइन । पछाडि पारिएका महिलाहरूलाई समाजमा घुलमिल गराउँन चुनौती रहेको उनले बताइन ।

बिज्ञापन

नेपाल रैबारसँगको कुराकानीमा मधेश प्रदेश र कर्णाली प्रदेशमा काम गर्न अझ गाह्रो हुने गरेको केसी महतोले अनुभव सुनाइन। दाइजो स्वीकार्न सक्ने तर अपाङ्ग बुहारी स्वीकार्न नसक्ने समाजमा काम गर्न धेरै चुनौती रहेको उनले बताइन । स्वास्थ्य शिक्षा लगायत आधारभुत सेवाहरूबाट वञ्चित गराइएका महिलाहरूसँग समन्वय गर्न जाँदा कतिपय परिवारकै सदस्यहरू नै बाधक हुने गरेको उनको भनाइ छ। त्यसैगरी कतीपय स्थानहरूमा महिलाहरूमा भाषिक समस्या पनि हुने गरेको उनले भनिन ।

रास्ट्रिय अपाङ्ग माहासंघको संघिय सदस्य र नेपाल नेत्रहिन संघको केन्द्रिय सदस्यको रूपमा काम गरिसकेकी केसीले छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई एउटै सुत्रमा जोड्नका लागि पहिचान नेपालको सुरुवात गरिएको बताइन। शिक्षामा स्नातकोत्तर गरिसकेकी उनले जागिर खोज्न जाने क्रममा दृष्टिविहीन भएकै कारण धेरैले आफूलाई अयोग्यको सूचीमा राखेको दुखेसो पोखिन। आफू एक्लै जागिर गर्ने भन्दा पनि साथीहरूलाई सँगै लैजाने र अपाङ्गता भएका महिलाहरूको समस्यासम्म पुग्न सकिने मनसाय बनाएकी केसीले विसं २०७५ सालमा पहिचान नेपालको सुरुवात गरिएको बताइन। हाल पहिचान नेपालमा ४ जनाले रोजगारी पाएका छन । सबै वर्गहरूसँग एकजुट भएर काम गर्न पाउँदा खुशी लागेको उनी बताउँछिन् । कामको शिलशिलामा अमेरिका, मलेसिया भारत देशहरूमा पुगिसकेकी पहिचान नेपाल संस्थाकी संस्थापक अध्यक्ष केसीले अपाङ्गता भएका साथीहरूले आफूलाई रूची लाग्ने कार्यक्रम, र तालिमहरूमा सहभागी भएमा चाँडै लक्ष्य प्राप्त गर्न सक्ने बताइन ।

बिज्ञापन

तालिम प्राप्त गरिसके पश्चात आफूले अवसरको खोजी गर्ने र तालिम उपलब्ध गराउने संस्थाले पनि सहजिकरण गरेमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारमा जोड्न अझ सहज हुने केसी महतोको विश्वास छ। स्रोत साधन अपर्याप्त भएता पनि आफूहरूले काम गरिरहेको र महिला सशक्तिकरणका लागि निरन्तर काम गरिरहने उनले बताइन।

राष्ट्रिय युवा परिषदका सहसचिव एवम् संघ सस्था समन्वय शाखा प्रमुख चन्द्रा थापा, गैरसरकारी युवा महासंघ नेपालका अध्यक्ष नारायण गिरी, राष्ट्रिय युवा परिषदका उपसचिव रविन प्रसाद मैनाली, दलित महिला संघकी कार्यक्रम संयोजक अंकिता विश्वकर्मा, राष्ट्रिय युवा परिषदका युवा क्लब सञ्जालका अध्यक्ष अविषेक तिवारी, एक्सेस प्लानेटका सचिव शान्ता पाण्डे, इन्द्रेणी अपाङ्गता सञ्जालका प्रतिक्षा चापागाई, कोसिस संस्थाका कुन्दन काफ्ले लगायत विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरु सहित विभिन्न प्रकृतिका अपाङ्गता भएका युवाहरुको सहभागिता रहेको थियो ।

‘अपाङ्गता भएका व्यक्तिहरुको अन्तरविविधतामा एकता, समृद्द तथा समावेशी विकासका लागि युवाहरुको भूमिका र प्रतिबद्दता’ नारा सहित एक्सेस प्लानेट, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ(नेपाल, नेत्रहीन महिला संघ, दलित महिला संघ र पहिचान नेपालको संयुक्त साझेदारीमा सन्चालित अन्तरक्रियात्मक सक्रियता अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको पहिचान नेपालकी निर्देशक इच्छा केसीले बताइन ।

कार्यक्रममा प्रस्तुती दिदै पहिचान नेपालकी कार्यक्रम अधिकृत आर्या कार्कीले पीछडिएका युवा अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई मुल प्रवाहमा ल्याएर राज्यसँग जोड्न मद्दत पुग्ने उद्देश्यले अपाङ्गता भएका युवाहरुबीच अन्तरक्रिया तथा सम्वाद आयोजना गरिएको बताइन। कार्यक्रममा अन्य ४ वटा एक्सेस प्लानेट, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ(नेपाल, नेत्रहीन महिला संघ, दलित महिला संघका प्रतिनिधिहरुले उक्त परियोजना अन्तर्गत गरिरहेका कार्यहरु बारे संक्षिप्त जानकारी गराएका थिए। यसैगरी एक्सेस प्लानेटकी सचिव शान्ता पाण्डेले एक्सेस प्लानेटले युवा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधिमा जोडेर क्षमता विकास रोजगारी सम्बन्धिका तालिमहरु प्रदान गरिहरेको बताइन।

कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ(नेपालकी महासचिव मिरा तामाङले महिला जनजाति र त्यसमा पनि अपाङ्गताका कारणले आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूलाई अधिकार प्राप्त गर्न गाह्रो भइरहेको जानकारी दिइन्। अन्य अपाङ्गता भएका महिलाहरुको तुलनामा आदीवासी महिलाहरूले थप समस्या भोग्नु परिरहेको सुनाइन। उक्त आदिवासी अपाङ्गता भएका महिलाहरूको शिक्षामा पहुँच नभएको उनले भनिन। यसले गर्दा उक्त महिलाहरूको आर्थिक स्थिति समेत सुदृढ नभएको मिराले बताइन। आदिवासी अपाङ्गता भएका महिलाहरूको राजनितीमा समेत पहुँच नभएकोमा उनले दुखेसो पोखिन।

त्यसैगरी इन्द्रेणी अपाङ्गता सञ्जालकी प्रतिक्षा चापागाईंले समावेशीताको विषयमा कुरा गरिरहँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अपाङ्गता भएका युवाहरुका सवालहरुलाई पनि उत्तिकै प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता रहेको धारणा राखिन। राष्ट्रिय मानशिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी काम गर्ने संस्था कोसिसका प्रतिनिधि कुन्दन काफ्लेले व्यक्तिको मनोसामाजिक अपाङ्गताको सवाललाई अक्षमतासँग जोड्न नहुने बताए। काफ्लेले संसारमा ९७० मिलियन जनसंख्या मनोसामाजिक अपाङ्गताबाट गुज्रिरहेको पनि जानकारी गराए। युवा अपाङ्गता अधिकारकर्मी तथा वायु सेवा निगमका सहायक सौगात वाग्लेले अपाङ्गता भएका युवाहरुलाई रोजगारीमा जोड्न सकियो भने उनीहरुका अन्य अधिकार स्वत प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल रैबारडटकमका पत्रकार जीवन बनियाले अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम दिएर मात्र प्रयाप्त नहुने बताए। प्रतिक्रिया दिने क्रममा तालिम प्राप्त गरेका साथीहरूले अवसरको खोजी आफूले पनि गर्नुपर्ने र तालिम उपलब्ध गराएका संघसंस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको लागि सहयोग गर्नुपर्ने उनले धारणा राखे।

दलित महिला संघका कार्यक्रम संयोजक अंकिता विश्वकर्माले अपाङ्गता भएका महिलाहरुको प्रथम राष्ट्रिय सम्मेलन २०८० घोषणापत्रमा समेटिएका १७ वटा बुँदाहरु बारे जानकारी गराइन। कार्यक्रमलाई सम्बोधन गर्दै गैरसरकारी युवा महासंघ नेपालका अध्यक्ष नारायण गिरीले युवा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा महासंघ सहकार्य गरेर काम गर्न इच्छुक रहेको प्रतिवद्दता व्यक्त गरे। त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका सहसचिव एवम् संघ सस्था समन्वय शाखा प्रमुख चन्द्रा थापाले परिषदले अपाङ्गता भएका व्यक्तिहरुको समावेशीताको सवाललाई प्राथमिकता दिइरहेको र परिषद्को बोर्डमा पनि एक जना अपाङ्गता भएका युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको बताइन। उक्त कार्यक्रममा ५० जना बढीको उपस्थिती रहेको थियो।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते