होमपेज > सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका २ प्रतिवादी पर्साबाट पक्राउ

सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका २ प्रतिवादी पर्साबाट पक्राउ

बिज्ञापन
बिज्ञापन

सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी पर्साबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मी छन्।

बिज्ञापन

तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन्। तत्कालीन समयमा तेलीले चलाएको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनलाई माघ २७ गते पक्राउ गरी सवारी ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

त्यस्तै आदेशप्रसाद कुर्मीको जाहेरीका आधारमा कुर्मी पक्राउ परेका हुन्। उनले चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ०६४ माघ ३ गते होरिल राउत कुर्मीको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापश्चात फरार रहेका उनलाई माई २८ गते पक्राउ परी सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते