होमपेज > अन्तर बैंक ब्याजदर लगातार घट्दै, सीडी रेसियो कति?

अन्तर बैंक ब्याजदर लगातार घट्दै, सीडी रेसियो कति?

बिज्ञापन
बिज्ञापन

पछिल्ला दिनहरुमा अन्तर बैंक कारोबारको ब्याजदर लगातार घटीरहेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि ह्वात्तै घटेको हो । हाल अन्तर बैंक ब्याजदर प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस्तो ब्याजदर घटेर ३.६४ प्रतिशतमा झरेको छ । यसअघि अन्तर बैंक ब्याजदर ४ प्रतिशत थियो ।

बिज्ञापन

एकै दिनमा त्यो ०.३६ प्रतिशत बिन्दुले घटेको हो । विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो ।

बिज्ञापन

चैत र बैशाखमा भने त्यो ७ प्रतिशत हारहारी थियो । तर, जेठको दोस्रो साताबाट अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आउँदो त्यो साढे ४ प्रतिशतको हाराहारीमा आएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, यसअघि गत माघमा पनि अन्तर बैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । त्यसपछि भने बढेको थियो । तर, पछिल्ला दिनहरुमा निरन्तर घटी रहेको छ । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन । त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । यसरी तरलता बढेपछि अन्तर बैंक कारोबार पनि छैन । त्यसले गर्दा यस्तो ब्याजदर घटेको हो ।

हाल बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । पछिल्लो एकदिनमै बैंक तथा वित्तीयको निक्षेप ४ अर्ब रुपैयाँले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म आईपुग्दा बैंकिङ्ग प्रणालीमा ५५ अर्ब ६७ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो । गत बुधवारसम्म आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्बले बढर ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । तर, त्यसको अघिल्लो दिन भने बैंकहरुको निक्षेप ४९ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।

बिज्ञापन

निक्षेप बढेपछि कर्जा लगानी भने ठप्प नै छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५६ अर्ब रुपैयाँ छ । पछिल्लो समय कर्जा लगानी हुन सकिरहेको छैन । बुधवारसम्मको तथ्याङ्क अनुसार त वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । गत मंगलबारसम्म ४२ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । तर, बुधवारसम्म आईपुग्दा ४२ खर्ब ९९ अर्ब मात्रै कर्जा लगानी भएको देखिएको छ ।

सीडी रेसियो ८४ प्रतिशत तल

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८४ प्रतिशत भन्दा तल झरेको छ ।

एक दिनमै सीडी रेसियो शून्य दशमलव ६ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३.९६ प्रतिशत कायम भएको छ । गत मंगलबारसम्म भने सीडी रेसियो ८४.०२ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते