होमपेज > अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने

अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने

बिज्ञापन
बिज्ञापन

अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने भएका छन्। यससम्बन्धी व्यवस्थासहित अर्थ मन्त्रालयले कार्यसञ्चालन निर्देशिका बनाएको हो। अर्थमन्त्री विष्णु पौडेलले सचिव, सहसचिवको जिम्मेवारीसहित मन्त्रालयले कुन फाइल कति समयमा अघि बढाउने गरी समयसीमा तोकेको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

कार्यसञ्चालन निर्देशिका २०८१ अनुसार मन्त्रालयमा रकमान्तररस्रोतान्तर वा कार्यक्रम संशोधनको फाइल ७ दिनभित्र अघि बढाउनुपर्नेछ। रकमान्तरका लागि सहसचिव, सचिव वा मन्त्रीले राय लिनुपर्ने भएमा ५ दिनभित्र निर्णय गर्नुपर्नेछ। थप निकासा दिने विषय पनि ७ दिनभित्र निर्णय गर्नुपर्नेछ। राय लिनुपर्नेमा जफाव प्राप्त भएपछिको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ। त्यसबाहेक राय दिने, सहमति दिने, सामान्वय विषय, खर्च समर्थन वा नियमित गर्नेकाम ७ दिनभित्रै गर्नुपर्नेछ। राय सुझाव आवश्यक भएमा राय प्राप्त भएको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ।

बिज्ञापन

यसको मतलब राय लिनुपर्ने फाइल समेत अर्थ मन्त्रालय पुगेका फाइल बढीमा १२ दिनमा निर्णय भइसक्नुपर्नेछ। त्यसैगरी ऐन, नियम, विनियम, कार्यविधि राय एवम् सहमति १० दिनभित्र गर्नुपर्नेछ। राय आवश्यक भएमा राय प्राप्त भएको ७ दिनमा फाइलको निर्णय गर्नुपर्नेछ। अर्थ मन्त्रालयले नयाँ बजेट निर्माण र आगामी बजेट कार्यान्वयनको विषय पनि निर्देशिकामा समेटेको छ। पुस मसान्तसम्म अन्य महाशाखाबाट सूचना लिई बजेट महाशाखाले स्रोत अनुमान समितिलाई स्रोतको अनुमान उपलब्ध गराउनुपर्नेछ।

पूर्वबजेट छलफल चैतको पहिलो हप्ता सुरु हुनेछ। बजेट छफलको समाप्ति वैशाखको दोस्रो हप्ता, बजेट प्रारम्भिक मस्यौदा वैशाख तेस्रो हप्ता, बजेट मस्यौदाको अन्तिम तयारी जेठ पहिलो हप्ता गरिसक्नुपर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते