लमजुङको बेसीशहर नगरपालिका-७ मनाङचौतरास्थित न्यू तिलिचो होटलमा एक जना मृत भेटिएका छन्।
बिज्ञापन
होटलको कोठा नम्बर १ सय ५ मा मनाङका व्यक्ति मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत भेटिनेमा लमजुङ मर्स्याङदी गाउँपालिका(३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका-२ बस्ने ४६ वर्षीय कृष्ण बहादुर बस्नेत छन्।
बिज्ञापन
शुक्रबार उनी मृत अवस्थामा फेला परेका थिए। यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।








