होमपेज > विद्यार्थी र बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्रि गर्न प्रतिबन्ध

विद्यार्थी र बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्रि गर्न प्रतिबन्ध

बिज्ञापन
बिज्ञापन

विराटनगर महानगरपालिकाले विद्यार्थी र बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्रिवितरणमा रोक लगाएको छ । विराटनगर महानगरपालिका र व्यवसायीको संयुक्त छलफलपछि महानगर क्षेत्रभित्र जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्दै विद्यार्थी र बालबालिकालाई सुर्तिजन्य पदर्थ बिक्रि वितरणमा रोक लगाउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन

महानगरका मेयर नागेश कोइरालाले धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि सम्बन्धित व्यवसायीगँग छलफल गरी विभिन्न निर्णयहरू गरिएको जानकारी गराए । ‘विद्यालय पोशाक लगाएका र १८ वर्षमुनिका युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने, बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गरिने कोइरालाले स्पष्ट पारे ।

बिज्ञापन

हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समस्या भएका कारण सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने छलफलले निर्णय गरेको छ । निर्णय कार्यान्वयन भए–नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीसमेतको सहभागितामा अनुगमन समितिसमेत गठन गरिएको छ ।

समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरु रमण भगत, सुमन खड्का, विवेक बडुवाल सदस्य रहेका छन् । अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल र व्यवसाय कर तिरे नतिरेको, सफाई कार्ड लिए नलिएको लगायत पनि हेर्नेछ । छलफलमा सहभागी व्यवसायीहरुले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विगतका कमीकमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने स्पष्ट पारे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते