सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ रामपुर घर भई भक्तपुर बस्दै आएका ४७ वर्षीय सुजित मिजार छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
बिज्ञापन
उनले ३ पुसमा हरिकृष्ण बराल नाम गरेका व्यक्तिलाई फोन गरी सस्तो दरमा डलर साट्ने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ। बराललाई भक्तपुरकै हनुमन्ते खाला किनारमा बोलाएर उनले डरल भन्दै रुमालले बेरेको कागजको बिटो थमाइदिएर फरार भएका थिए।
बरालसँग डलर साटिदिएको भन्दै उनीबाट ५ लाख रुपैयाँ लिएर उनी फरार भएका थिए। उक्त बिगो खोलेर हेर्दा छेउमा डलर र बाँकी कागजको बिटो रहेको खुलेको थियो।
बिज्ञापन








