होमपेज > प्रसिद्ध डिग्रे शाइकुमारी मन्दिरमा १ लाखबढी दर्शनार्थीले गरे पुजापाठ

प्रसिद्ध डिग्रे शाइकुमारी मन्दिरमा १ लाखबढी दर्शनार्थीले गरे पुजापाठ

बिज्ञापन
बिज्ञापन

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ। कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो।

बिज्ञापन

मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी भगवतीदेविको मन्दिर परिसरमा भव्य मेला लागेको थियो। यो वर्ष एकादशीदेखि पूर्णिमासम्म एक लाख बढी दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए। एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा पूजापाठ गर्नेदेखि अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्ति डिग्रे पुगेको समितिले जनाएको छ। पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिमसहित छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङलगायतका छिमेकी देश भारतबाट दर्शनार्थीहरू आएका थिए।

बिज्ञापन

डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्नुका साथै बोकाको बलिसमेत चढाउन मिल्छ। वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ। यस वर्ष भने तिथि घटबढका कारण चार दिन विशेष मेला लागेको थियो। ‘‘एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शनसहित बलि चढाउन मिल्छ, एकादशीदेखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गरेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले भने। उनका अनुसार लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिन्छ।

मेला सकिए पनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर विवरण सङ्कलनको काम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ। मुसिकोट नगरपालिकाले हरेक वर्ष मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने गरेको छ। डिग्रे मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहको छ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते