नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्। घिसिङले नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
बिज्ञापन
घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने अडान लिँदै आएका थिए। उनले बक्यौता नबुझाउने उद्योगीको लाइन समेत काटेका थिए।
बिज्ञापन
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठुला उद्योगको लाइन काटेको थियो। त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।
यसैबिच मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । निर्णयसँगै प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको थियो।








