होमपेज > अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन

अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन

बिज्ञापन
बिज्ञापन

इक्वेडरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ। कार दुर्घटनामा परेका उनको अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको थियो। उनी ७ अक्टोबरको दिन दुर्घटनामा परेका थिए।

बिज्ञापन

इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै एङ्गुलोको निधन फुटबल क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ। मार्को राम्रो खेलाडी मात्र नभई राम्रो मानिस समेत भएको विज्ञप्तिमा जनाइएको छ।

बिज्ञापन

क्लब इन्डिपिन्डिएन्टका रक्षक रोबर्टो काबेजासको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। अहिले मार्को आबद्ध क्लब सिनसिननाटीले विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई ठूलो क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

एङ्गुलोले यसअघि दुई पटक इक्वेडरका लागि अन्तर्राष्ट्रिय खेल खेलेका थिए। अस्ट्रेलिया र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि उनी टोलीमा समावेश थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते