आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ।
बिज्ञापन
बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ। त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ।








