होमपेज > उद्योग वाणिज्य महासंघको आग्रह: व्यवसाय सञ्चालनमा शान्ति सुरक्षाको सुनिश्चितता गरियोस्

उद्योग वाणिज्य महासंघको आग्रह: व्यवसाय सञ्चालनमा शान्ति सुरक्षाको सुनिश्चितता गरियोस्

बिज्ञापन
बिज्ञापन

नेपाल उद्योग वाणिज्य महासंघले देशभर बढ्दो आन्दोलन र प्रदर्शनका बीच निजी क्षेत्रको सम्पत्ति र उद्यममा भइरहेको तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। व्यवसायहरू निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक शान्ति र सुरक्षाको सुनिश्चितता गरिनुपर्ने माग गर्दै महासंघले सरकार तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको हो।

बिज्ञापन

महासंघले पछिल्लो केही दिनमा विभिन्न उद्यमी, व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय तथा निजी निवासमा भएको तोडफोड र आगजनीका घटनाहरूको कडा निन्दा गरेको छ। महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि भएका यस्ता आक्रमणहरू अस्वीकार्य छन्। यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने सुनिश्चितता आजको आवश्यकता हो।”

बिज्ञापन

पुनर्निर्माणमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका

महासंघले देशको नवर्निर्माण तथा समृद्धिको यात्रामा निजी क्षेत्र प्रमुख स्रोत रहेको उल्लेख गर्दै त्यसका गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन जोड दिएको छ। “यदि निजी क्षेत्र असहज भयो भने अर्थतन्त्र थप जटिल बन्छ र राजस्वमा समेत गम्भीर असर पर्न सक्छ,” महासंघले चेतावनी दिएको छ।

बिज्ञापन

युवाहरूको आवाजप्रति महासंघको सम्मान

देशभर भइरहेको आन्दोलनमा युवा पुस्ताले उठाएका मुद्दाहरू-जसमा सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगार र राजस्वको सदुपयोगजस्ता विषयहरू छन्—प्रति महासंघले गहिरो चासो व्यक्त गरेको छ। यस्ता मागहरू यथाशीघ्र सम्बोधन गरिनु आवश्यक रहेको महासंघको भनाइ छ।

महासंघले अपेक्षा गरेको छ कि युवा पुस्ताको चाहना अनुसार देश समुन्नतिको यात्रामा अघि बढ्नेछ। शान्ति, समन्वय र सहकार्यको माध्यमबाट अन्योल अन्त्य गरी सुशासन कायम गर्न महासंघ प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते