माछापुच्छ्रे बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा आगामी असोज १० गते पोखरास्थित होटल ग्राण्ड पोखरामा बस्ने भएको छ। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा पोखरामा गर्ने निर्णय गरेको हो।
बिज्ञापन
बैंकले गत आर्थिक वर्ष २०७८/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) हुनेछ। अघिल्लो वर्ष लाभांश वितरण नगरेको बैंकले आर्थिक वर्ष २०७९/८० मा भने १४ प्रतिशत लाभांश दिएको थियो।
बिज्ञापन
यस पटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ। त्यस्तै, आर्थिक वर्ष २०७८/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, र लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरु पनि सभामा प्रस्तुत गरिनेछन्।
सभामा बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर ८.२५ प्रतिशत ब्याजदरमा जारी गर्ने प्रस्ताव पनि पेस गर्दैछ। अग्राधिकार शेयर जारीपछि पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
बिज्ञापन
साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार भदौ २६ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन्।








