होमपेज > महसुल नतिर्ने थप १८ उद्योगको विद्युत् लाइन काटियो

महसुल नतिर्ने थप १८ उद्योगको विद्युत् लाइन काटियो

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका थप १८ उद्योगको विद्युत् लाइन काटेको छ।

बिज्ञापन

प्राधिकरणले शुक्रबार मात्र १३ उद्योगको लाइन काटेको हो। लाइन काटिएका उद्योगहरूमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेष्ट रोलिङ, घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरल्स एण्ड आयल्स र निगाले सिमेन्ट रहेका छन्।

यसअघि गत मङ्गलबार प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिसकेको थियो।यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरेबापतको थप महसुल तिरेका छैनन्।

बिज्ञापन

प्राधिकरणले यसअघि असोज १२ गते प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गर्दै कात्तिक १७ भित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो। त्यसपछि असोज १३ मा सूचना सच्याउँदै कात्तिक २ भित्र रकम बुझाउन पुनः आग्रह गरिएको थियो।

महसुल तिर्ने उद्योगहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ। उक्त सुविधाको प्रयोग गर्दै हामा आइरन एन्ड स्टिल, सर्बोत्तम सिमेन्ट, हुलास स्टिल, असोक स्टिल, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले किस्ता तिरेका छन्।

प्राधिकरणका अनुसार तोकिएको म्यादभित्र बक्यौता नतिर्ने उद्योगहरूको लाइन क्रमशः काट्ने कार्य निरन्तर जारी रहनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते