नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बिज्ञापन
बैंकको बिहीबार सम्पन्न १७०औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस अनुसार निफ्राले लगानीकर्तालाई लाभांश करसहित कूल एक अर्ब ३६ करोड ४२ लाख १२ हजार ८ सय रुपैयाँ वितरण गर्नेछ।
बिज्ञापन
बैंकले सो प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र सो प्रस्ताव वार्षिक साधारण सभामा पेश गरिनेछ।
त्यसपछि, साधारण सभाबाट अनुमोदन भएपश्चात कम्पनी ऐन, २०६३ को दफा १८२(२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त गरेर मात्र नगद लाभांश वितरण प्रक्रिया अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ।
बिज्ञापन
निफ्राले नियमित लाभांश वितरण गर्दै आएको छ र यस प्रस्तावले बैंकको वित्तीय स्थायित्वप्रति लगानीकर्ताको भरोसा थप बलियो हुने विश्वास लिइएको छ।








