होमपेज > अमेरिका र जापानबीच व्यापार सम्झौता, के के मा भयो सहमति ?

अमेरिका र जापानबीच व्यापार सम्झौता, के के मा भयो सहमति ?

बिज्ञापन
बिज्ञापन

अमेरिका र जापानबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ । यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिका-जापान व्यापार सम्झौता लागू गर्ने कार्यकारी आदेश जारी गरेका छन् ।

बिज्ञापन

ह्वाइट हाउसले यस सम्झौता अन्तर्गत जापानबाट आउने लगभग सबै सामानहरूमा अमेरिकामा १५ प्रतिशत आधारभूत शुल्क (कर) लगाइने बताएको छ । साथै, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्न सहमति जनाएको छ ।

बिज्ञापन

आदेशमा यो सम्झौताले अमेरिका र जापानबीचको व्यापार सम्बन्धको नयाँ चरण सुरु गर्नेछ, जुन दुवै देशको हित र समानताको सिद्धान्तमा आधारित हुनेछ । यस अन्तर्गत, अमेरिकाले लगभग सबै जापानी आयातहरूमा १५ प्रतिशत शुल्क लगाउनेछ, जबकि अटोमोबाइल, विमान निर्माण, औषधि र प्राकृतिक स्रोतहरू जस्ता केही क्षेत्रहरूमा फरक नियमहरू लागू हुनेछन् ।

यो सम्झौता पछि, जापानले अमेरिकाबाट व्यावसायिक विमान र रक्षा उपकरणहरू पनि खरिद गर्नेछ । यस बाहेक, जापानले अमेरिकालाई कृषि, ऊर्जा, सवारी साधन र अन्य उद्योगहरूमा बजार खोल्ने अवसर दिनेछ । त्यस्तै जापानले अमेरिकाबाट प्रतिवर्ष लगभग ८ अर्ब डलर बराबरको चामल, मकै, भटमास, मल र बायो-इथानोल जस्ता कृषि वस्तुहरू किन्न तयार भएको छ ।

बिज्ञापन

ट्रम्पको कार्यकारी आदेश पछि, ह्वाइट हाउसले जापानको ५५० अर्ब डलरको लगानी योजनाले अमेरिकी रोजगारी बढाउनेछ र घरेलु उत्पादनलाई बलियो बनाउनेछ । यो सम्झौताले अमेरिकी उत्पादकहरूको लागि राम्रो बजार सिर्जना गर्नेछ, राष्ट्रिय सुरक्षाको ख्याल राख्नेछ र जापानसँग अमेरिकाको व्यापार घाटा कम गर्न मद्दत गर्नेछ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते