एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बिहीबार बसेको ३८७ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश घोषणा गरेको हो।
बिज्ञापन
बैंकले १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको साधारण सभाबाट पारित हुनु पर्नेछ।
बिज्ञापन
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रूपैयाँ छ। बैंकको लाभांश पारित भएमा यस्तो पुँजी १३ अर्ब ७१ करोड रूपैयाँ पुग्नेछ।








