होमपेज > अख्तियारको नक्कली कर्मचारी बनेर १ करोड माग्ने दुई जना पक्राउ

अख्तियारको नक्कली कर्मचारी बनेर १ करोड माग्ने दुई जना पक्राउ

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर १ करोड रुपैयाँ माग्दै धम्की दिने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

पीडित व्यक्तिले पटक–पटक फोनमार्फत रकम माग गर्दै “पक्राउ गर्ने” धम्की दिइएको उजुरी दिएपछि, २०७९ भदौ १७ गते काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्कीबाट ती दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका–९ सुन्ड घर भई हाल कीर्तिपुर बसोबास गर्ने २७ वर्षीय लक्ष्मण पनेरु र झापा हरिनगर गाउँपालिका–७ घर भई हाल सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह रहेका छन्।

प्रहरीका अनुसार, टोखा नगरपालिका–८ निवासी एक स्थानीयलाई “तपाईं र तपाईंको परिवारको नागरिकता नक्कली हो” भन्दै धम्की दिँदै, अख्तियारको कर्मचारीको परिचय दिइएको थियो। कारबाहीबाट बच्न १ करोड रुपैयाँ माग गरिएको जनाइएको छ।

बिज्ञापन

प्रहरीले उनीहरूको साथबाट ४ थान विभिन्न कम्पनीका मोबाइल फोन, २ लाख रुपैयाँ नगद, र सेतो रङ्गको फिगो फोर्ड कम्पनीको कार बरामद गरेको छ।

हाल उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते