होमपेज > सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

बिज्ञापन
बिज्ञापन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट) प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो।

बिज्ञापन

मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो।

बिज्ञापन

सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो। सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन्।

शनशनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन्। यस्तै सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन्। प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन्।

बिज्ञापन

एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो। प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रति पारी पाँच ओभर खेलाइएको थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते