नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता ५ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम छ ।
बिज्ञापन
साताको आइतबार तोलामा ३०० रुपैयाँले सुनको भाउ बढेको थियो । सोमबार तोलामा १ हजार रुपैयाँले सुनको भाउ बढेको थियो । मंगलबार पुनः २ हजार ९०० रूपैयाँले वृद्धि भएर बुधबार ५०० रुपैयाँले बढेको थियो । निरन्तर उकालो लागेको सुनको मूल्य विहीबार पनि ५०० रुपैयाँले बढेको थियो । विहीबार बढेको सुनको भाउ शुक्रबार स्थिर कायम थियो।
बिज्ञापन
यस्तै, यो साता चाँदीको मूल्य तोलामा १ सय ८० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १९ सय ७० रुपैयाँ कायम गरेको थियो । जुन, १ सय ८० रुपैयाँले बढेसँगै यो साताको शुक्रबार २१ सय ७० रुपैयाँमा आइपुगेको छ ।








