होमपेज > ८ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?

८ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

बुधबार शेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो ।

बिज्ञापन

बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, व्यापार ०.४० प्रतिशत बढे ।

बिज्ञापन

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.७७, सिनर्जी पावरको ८.३६, मातृभूमि लघुवित्तको ७.३१, रिडी पावरको ७.२४ तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ५.७६, तारागाउँ रिजेन्सीको ३.७७ प्रतिशत घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर रहे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते