काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै क्रियाशील ट्रेड युनियनहरूले खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिज्ञापन
लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलको कार्यक्षमतामाथि प्रश्न गर्दै वैशाख ३१ गतेभित्र पदत्याग गर्न यो अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका हुन् । साथै पदत्याग नगरे आन्दोलनमा उत्रिनेसमेत जनाएका छन् ।
बिज्ञापन
‘उपत्यकाको खानेपानी वितरण व्यवस्थापनको क्षेत्रमा ज्ञान तथा अनुभव नभएतापनि वित्तीय क्षेत्रको पृष्ठभूमि भएकोले आर्थिक स्रोत जुटाई कम्पनीलाई प्रशासनिक तथा प्राविधिक क्षेत्रमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएकोमा १३ महिनाको कार्यकाल निराशाजनक रह्यो,’ ज्ञापन पत्रमा लेखिएको छ,‘कार्यरत कर्मचारीहरूको पेसागत सुरक्षा तथा वृत्ति विकास सुचारु गर्न असफल देखिनुभयो, खानेपानी उत्पादन, प्रशोधन, तथा वितरण र महसुल विलिङ्गमा काम गर्ने तह १ देखि ३ सम्मका पदहरूको जनशक्ति व्यवस्थापनमा असफल हुनु भएको कुरा आम कर्मचारी माझ घामजस्तै छर्लङ्ग छ ।’
साथै प्रचलित श्रम ऐन २०७४ तथा नियमावली २०७५, ट्रेड युनियन ऐन २०४९ तथा नियमावली २०५० र प्रचलित कर्मचारी प्रशासन विनियमावली २०६४ ९दशौँ संशोधन सहित० मा भएको व्यवस्थालाई अवज्ञा गर्दै ट्रेड युनियनहरूको हक हनन भएको जनाएका छन् । मेलम्ची खानेपानी वितरण व्यवस्थापन गर्न निर्माण गरिएको डिस्ट्रीक मिटरिङ एरिया ९डीएमए० जोड्ने र हटाउने सम्बन्धी ठोस कार्य योजना पेस गर्न असफल भएको बताएका छन् ।
बिज्ञापन
साथै २०८१ सालको बाढीले खानेपानीका क्षतिग्रस्त संरचनाहरूको मर्मतसंभार तथा पुनर्स्थापना कार्य सम्पन्न गर्न असफल हुनुका साथै ३० करोड लिटर खानेपानी वितरण हुँदा समेत बिलिङ र नगद सङ्कलन वृद्धिको लागि ठोस कार्य योजना प्रस्तुत गर्न पनि असफल भएको दाबी गरेका छन् ।








