होमपेज > स्कुल नजिकै एक पुरूषको कुटपिट गरी हत्या, ३ जना पक्राउ

स्कुल नजिकै एक पुरूषको कुटपिट गरी हत्या, ३ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौंमा एक जना पुरूषको कुटपिट गरी हत्या भएको छ। गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक पुरूषमाथि कुटपिट गरी हत्या भएको हो।

बिज्ञापन

कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। उनी नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पुर्‍याएको थियो। उपचारको क्रममा उनलाई चिकित्सकले साढे ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

बिज्ञापन

घटनामा संलग्न तीन जनालाई पनि प्रहरीले मंगलबार राति नै पक्राउ गरेको एसपी अधिकारीले बताए। पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छन्। उनीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते