होमपेज > आज काठमाण्डौ र ललितपुरका यी स्थानमा २ देखि ८ घन्टासम्म विद्युत अवरूद्ध

आज काठमाण्डौ र ललितपुरका यी स्थानमा २ देखि ८ घन्टासम्म विद्युत अवरूद्ध

बिज्ञापन
बिज्ञापन

आज काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर फिडर जडान, फिडर सटडाउन, पोल स्थानान्तरण, स्विचिङ मर्मतलगायका काम गर्नका लागि विद्युत अवरूद्ध गर्नुपरेको जनाएको छ ।

बिज्ञापन

प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने ठाउँहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत नआउने जानकारी दिएको छ । यी केन्द्र अन्तरर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै प्राधिकरणले एकान्तकुनाको रिङ रोडको पोल स्थानान्तरणका लागि यो फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ । काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका ठाउँहरूमा पनि आज विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

बबरमहल फिडर अन्तर्गत पर्ने ठाउँहरुमा आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । असन फिडर, महाबौध्द फिडर, वीर हस्पिटल फिडर र बागबजार फिडर अन्तर्गत पर्ने क्षेत्रमा पनि बिहान ८ बजेदेखि नै दिउँसो ४ बजेसम्म विद्युत काटिने छ ।

त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने ठाउँहरुमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । काम तोकिएको समयभन्दा अगाडि सकिए निर्धारित समयअगाडि नै विद्युत सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते