होमपेज > भोलिदेखि १२ घण्टासम्म लोडसेडिङ हुने

भोलिदेखि १२ घण्टासम्म लोडसेडिङ हुने

बिज्ञापन
बिज्ञापन

१५ मार्च अर्थात् भोलि शनिबारदेखि भारतबाट दिउँसोमात्र विद्युत् आयात हुने भएपछि उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुने भएको छ ।

बिज्ञापन

हाल नेपालले भारतबाट पिक आवर बाहेकक समयमा विद्युत् आयात गरिरहेको छ । अर्थात्, साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा विद्युत् आयात भइरहेको छ । त्यसरी आयात हुने विद्युत्ले नेपालको उत्पादनले नपुग्ने माग धान्न सहयोग गरेको छ । त्यति हुँदा पनि उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।

बिज्ञापन

१५ मार्चदेखि भने  बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात हुने भएको छ । यसले उद्योगहरूमा भइरहेको लोडसेडिङ बढेर कम्तीमा पनि १२ घण्टा पुग्ने करिब निश्चित भएको विद्युत प्राधिकरण स्रोत बताउँछ । भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै असर नपर्ने विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषको दाबी छ ।

‘कतिपय स्थानमा घरायसी ग्राहकलाई पनि लोडसेडिङ हुन सक्छ, औद्योगिक ग्राहकमा भइरहेको लोडसेडिङको अवधि निश्चित रूपमा बढ्ने छ,’ उनले भने । भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै असर नपर्ने विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषको दाबी छ । ‘हामीले डे अहेड र रियल टाइम बजारमा अक्सन गर्दा कहिलेकाहीँ चाहिएजति विद्युत् नपाएकाले कुनै–कुनै दिन लोडसेडिङ गर्नुपरेको हुन सक्छ, नत्र उद्योगहरूमा लोडसेडिङ पनि छैन,’ उनले भने ।

बिज्ञापन

भारतबाट राति विद्युत् नआउँदा पनि घरायसी ग्राहकमा चाहिँ लोडसेडिङ नहुने उनको भनाइ छ । विगतमा नेपालले भारतबाट चौबिसै घण्टा विद्युत् आयात गर्न पाउने गरी सम्झौता भएकोमा गत वर्ष २९ मार्च (१६ चैत) मा भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यात सम्बन्धी सम्झौता नवीकरण गरेको थियो । दिनको समय (सन आवर) मा मात्रै विद्युत् निर्यात गर्ने गरी गरिएको सम्झौताको नवीकरणको म्याद जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले १९ नोभेम्बरमा यो सम्झौता नवीकरण गरेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते