होमपेज > स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

बिज्ञापन
बिज्ञापन

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ।

बिज्ञापन

अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । मंगलबार दिउँसो करिब १२:३० बजे बैंककको खु खोत क्षेत्रमा दुर्घटना भएको हो । बस स्कुलबाट फर्कँदै थियो ।

बिज्ञापन

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ । थाइल्याण्डका प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले यातायात मन्त्रीलाई घटनास्थलमा गएर अवस्थाबारे जानकारी लिन निर्देशन दिएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते