होमपेज > त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग अनुरोध

त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग अनुरोध

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ। विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो ।

बिज्ञापन

सूचना अधिकारी शान्ताकुमारी नेउपानेले विज्ञप्ति जारी गर्दै तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिहरूका बारेमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन नेपाल सरकार, गृह मन्त्रालयसँग अपिल गरेकी हुन्। विश्वविद्यालय आफ्नो उद्देश्य अनुसार काम गर्दा कुनै कमी कमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर, शुक्रवार कार्यालय समयमा नियमित विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरूलाई आतङ्कित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको विश्वविद्यालयको ठहर रहेको छ।

बिज्ञापन

सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको विश्वविद्यालयले स्पष्ट पारेको छ। कुनै माग वा समस्या भए त्रिभुवन विश्वविद्यालय वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सदैव तयार विज्ञप्तिमा उल्लेख गरिएको छ। तर, विश्वविद्यालयको सहनशीलतालाई कमजोरी ठानी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई आतङ्कित गर्ने कार्य भएमा खुला रूपमा कानुनी उपचारको लागि सम्बन्धित संस्थामा जान विश्वविद्यालय बाध्य हुने समेत चेतावनी दिइएको छ।

शुक्रवार शुल्क घटाउनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलन गरेको त्रिवि संर्घष समितिको नामबाट तोडफोड गरिएको थियो।

बिज्ञापन

-यो पनि पढ्नुहोस्:

त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा तोडफोड

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते