होमपेज > सुन तस्करी प्रकरणमा थुनामा रहेका नासुलाई छुटाइ दिने भन्दै एक करोड ठगी, दुई जना पक्राउ

सुन तस्करी प्रकरणमा थुनामा रहेका नासुलाई छुटाइ दिने भन्दै एक करोड ठगी, दुई जना पक्राउ

बिज्ञापन
बिज्ञापन

सुन तस्करी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आरोपीको मुद्दा मिलाई छुटाइ दिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–५ की २६ वर्षीया रितु राई र बर्दियाका निरेश चौधरी छन् ।

बिज्ञापन

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । सीआईबीका एसपी नवराज अधिकारीका अनुसार आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाइ दिने भन्दै उनीहरूले खड्काका बुबा अमरबहादुर खड्कासँग ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।

बिज्ञापन

रेवन्तलाई भेपमार्फत तस्करी भएको नौं किलो सुन प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा समेत हुन् । सो प्रकरणमा जोडिएपछि पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि पुपक्र्षका लागि जेल चलान भएका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते