होमपेज > त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा तोडफोड

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ।

बिज्ञापन

रेक्टर कार्यालयमा तोडफोड हुनुअघि डिन कार्यालयमा तोडफोड भएको हो। ‘कार्यकक्षमा तोडफोड भएको छ। कुर्सी उल्टोपाल्टो भएको छ। कागजात छरप्रपट पारिएको छ। सिसा फुटाइएको छ,’ डिन प्रा.डा. शंकर खनालले भने।

बिज्ञापन

डिन खनालका अनुसार उनी त्यतिबेला कार्यकक्षमा थिएनन्। ‘म कार्यालय जाँदै थिए। बाटोमा हुदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराउनु भयो। पुग्दा तोडफोड भइसकेको थियो। कसले फोरेको हो त्यो पहिचान भएको छैन,’ उनले भने। डिन खनाललाई हिजो फिजिक्सका विद्यार्थी आएर परीक्षा सार्न भनेका थिए।

‘उनीहरूले गरेको हो होइन त्यो थाहा छैन। तर हिजो विद्यार्थी आउनु भएको थियो। परीक्षा सर्नुपर्‍यो भन्नु भएको हो। क्यालेन्डर बिग्रन्छ। स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर जानु भएको हो,’ डिन खनालले भने। तोडफोड हेर्दा विद्यार्थीले गरेजस्तो नलाग्ने खनालले बताए।

बिज्ञापन

‘विद्यार्थीले गरेजस्तो लाग्दैन। विश्वविद्यालयमा यस्तो घटना हुनु दुःखद हो,’ उनले भने। यसअघि आजै त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्क केसीको कार्यकक्षमा पनि सोही समूहले तोडफोड गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते