होमपेज > सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

बिज्ञापन
बिज्ञापन

सुनको मूल्यले डेढ महिना अगाडिको उच्च रेकर्ड उछिनेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य कायम भएको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोकेको छैन् भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोकिएका छन् । साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा पुगेको थियो। अहिले भने प्रतिऔंस १९८५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

बिज्ञापन

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च मूल्यको कीर्तिमान कायम गरेकोे छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले बताएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते