होमपेज > प्रधानमन्त्री ओली आज बुटवल जाँदै

प्रधानमन्त्री ओली आज बुटवल जाँदै

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्।

बिज्ञापन

रुपन्देही र पाल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली रुपन्देही जान लागेका हुन्। एमालेका अध्यक्षसमेत रहेका ओली शुक्रवार पाल्पाका ३ वटा कार्यक्रम र रुपन्देहीमा एउटा वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए। प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ भने त्यहाबाट हेलिकप्टरमार्फत सवा १२ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्ने छन्।

बिज्ञापन

प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउपालिकाको दोभानमा नव निर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम तय भएकोले उनी बुटवलबाट दोभान जाने तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले बताए। ओलीले तिनाउ गाउँपालिकाको भवन उद्घाटन गरेपछि त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने र सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागिता जनाउने छन्। सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु उत्सव’लगत्तै प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

बुटवल गोरुसिंगे सडक आयोजना प्रमुख ईन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउँसो २ बजे प्रधामन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते