होमपेज > तामाकोसी जलविद्युत् आयोजना बन्द

तामाकोसी जलविद्युत् आयोजना बन्द

बिज्ञापन
बिज्ञापन

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आइतबार साँझ ७ बजेसम्मका लागि बन्द हुने भएको छ।

बिज्ञापन

असोज ११ र १२ को बाढीले माथिल्लो तामाकोसी विद्युत् केन्द्रमा क्षति गरेपछि पुस १० गतेबाट नदीको पानीको आधारमा विद्युत् उत्पादन गर्दै आएको थियो। पूर्ण क्षमतामा विद्युत् उत्पादनका लागि संरचनाको सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए। सबै काम सकेर आइतबार साँझ ७ बजेबाट विद्युत् उत्पादन थालिने उनले बताए।

बिज्ञापन

हाल खोलामा भएको पानीको आधारमा विद्युत सञ्चालन भइरहेकोमा संरचनाको सरसफाइपछि पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लागि विद्युत बन्द गरिएको हो। पानीको लेवललाई अहिलेसम्म ड्यामको माथिसम्म वा समुद्री सतहबाट १९ सय ८७ सम्म पुर्‍याएको छैन। भोलिबाट १९ सय ८७ को लेवलमा पानी गइसकेपछि ४ सय ५६ मेगावाटमा नै विद्युत उत्पादन हुने प्रबन्धक रञ्जितले बताए।

हाल बाढीले क्षति गरेको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मतपछि सञ्चालनमा ल्याएको जलविद्युत् केन्द्रले दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पनि सञ्चालनमा ल्याउने तयारी गरिएको हो। बालुवा थिग्र्याउने दुईवटा पोखरीको बीचको क्षति भएको कंक्रिट वालको काम जारी भएको र विद्युत सञ्चालन भइरहेको अवस्थामा वालमा भएको फर्मा निकाल्न नसकिने र सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरेको हो’, उनले भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते