होमपेज > हाम्रो पात्रोले पायो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्ताका लागि आकर्षक अफर

हाम्रो पात्रोले पायो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्ताका लागि आकर्षक अफर

बिज्ञापन
बिज्ञापन

डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने  AUSTRAC अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ ।

बिज्ञापन

यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्न पुगेको छ । हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैंक खातामा तत्काल पुर्‍याउन सकिन्छ। यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने भएको छ ।

बिज्ञापन

अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै, हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको हो। अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको यो शुभ अवसरमा, हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउने शुरुवाती ५,००० प्रयोगकर्ताहरूले अष्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अष्ट्रेलियन डलर बराबर रू १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन्।

यो दर हालसम्मको अस्ट्रेलिया – नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिन्छ, जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्‍याउँछ। हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमको अनुसार “हाम्रो पात्रोको मुख्य उद्देश्य सधैं विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो,अस्ट्रेलियाबाट प्राप्त रेमिट्यान्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौं। यो सेवा विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दरमा, सुरक्षित माध्यमबाट रकम नेपालमा पठाउने सुनिश्चितता दिन्छ।”

बिज्ञापन

हाम्रो पात्रो रेमिटबाट एकपटक KYC भेरिभाईड भएर आफ्नो बैंकको विवरणहरू भरेपछि केही क्लिक मै पैसा पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप या remit.hamropatro.com/aus मा पनि जान सकिनेछ । अस्ट्रेलियामा रेमिट सेवाको विस्तारसँगै, हाम्रो पात्रोले विश्वभर रहेका नेपालीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता फेरि पुष्टि गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते