कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ ।
बिज्ञापन
यो सेवा सञ्चालनमा आए सँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिब एप प्रयोग गरि कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ। बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरि अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाईएको जनाएको छ ।
बिज्ञापन
कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।








