होमपेज > रविको फोटो सार्वजनिक गर्नेलाई कार्वाही गर्न गृहमन्त्रीको निर्देशन

रविको फोटो सार्वजनिक गर्नेलाई कार्वाही गर्न गृहमन्त्रीको निर्देशन

बिज्ञापन
बिज्ञापन

गृहमन्त्री रमेश लेखकले ‘रवि लामिछानेको हिरासतभित्रको फोटो’ भन्दै बाहिर ल्याउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्।

बिज्ञापन

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल भइरहँदा संलग्नलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

बिज्ञापन

तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संलग्न प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा एउटा सिरक ओढेर सुतिरहेको तस्वीर सार्वजनिक भएपछि सत्य हो वा फेक फोटो भाइरल बनाइएको हो भन्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग चासो राखेका थिए।

आवश्यक अनुसन्धान गर्ने र सत्य फोटो भएमा कारबाही गर्ने प्रहरी महानिरीक्षक कुँवरले बताएका छन्। रवि लामिछाने हाल कास्की प्रहरी हिरासतमा छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते